३० असार २०८२, सोमबार | Tue Jul 15 2025


तराई बन्दले जनजीवन प्रभावित, बारा र रौतहटमा सामान्य प्रभाव


0
Shares

बन्द सफल बनाउन भन्दै राजपाका कार्यकर्ताले बिहानैदेखि विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन् ।

कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्ला बन्दले बढी प्रभावित भएका छन् ।

ती जिल्लाहरुमा व्यापारिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था ठप्प रहे ।

बारा र रौतहटमा भने बन्दको आंशिक प्रभाव परेको छ भने अन्यत्र खासै प्रभाव देखिएको छैन ।