२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दलहरुलाई निर्वाचन मिति नसार्न आयोगको सुझाव


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसहित सत्ता साझेदार दलका नेताहरुसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको मिति पर नसार्न सुझाव दिएका हुन् ।

बैठकमा सत्तारुढ दलका नेताहरुले आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन प्रदेश नम्बर २ र ५ को निर्वाचन केही दिन पर सार्न सकिन्छ कि भनेर प्रस्ताव गरेका थिए ।

तर आयोगका पदाधिकारीहरुले उम्मेदवारी दर्ताको तयारीसमेत पूरा भइसकेको भन्दै मिति सार्न नसकिने जवाफ दिएका थिए ।

सत्तारुढ दलका नेताहरुसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ का लागि घोषित निर्वाचन कुनै पनि हालतमा नसर्ने जानकारी दिए ।

बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपालगायतका दललाई पनि चुनावमा ल्याउने वातावरण बनाउन सकिन्छ कि भनेर निर्वाचन आयोगसँग छलफल गरिएको बताए ।

उनले दुई वटा प्रदेशको निर्वाचन तालिका परिवर्तन गर्न सकिने सम्भावनाका बारेमा आयोगसँग छलफल गरिए पनि त्यो सम्भव नहुने जवाफ पाएको जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले निर्वाचन पर सार्न नकारात्मक सन्देश जाने सुझाव आयोगले दिएको बताए ।