२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजपा नेपालको आमहड्तालले जनकपुरको जनजीवन प्रभावित


0
Shares

Janakpur corona administrative order

आमहड्तालका कारण शैक्षिक प्रतिष्ठान, बैंक, कारखाना र बजार बन्द हुनुका साथै छोटो एवम् लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

जनकपुर क्षेत्रमा इ–रिक्सा, साइकल र मोटरसाइकलमात्र सञ्चालनमा रहेका कारण सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ ।

सरकारी बैंकसमेत बन्द रहेका कारण सेवाग्राहीले निकै समस्या व्यहोर्नु परिरहेको छ ।

बन्दको असर सहरी क्षेत्रमा रहे पनि ग्रामीण क्षेत्रमा न्यून रहेको छ । ग्रामीण क्षेत्रका बजार खुला रहेका छन् ।

आमहड्तालका कारण अहिलेसम्म कुनै पनि राजनीतिक दलद्वारा शुक्रबार निर्धारण गरिएको उम्मेदवार मनोनयन दाखिलाका लागि उम्मेवारको नाम सार्वजनिक गरेका छैनन् । (रासस)