२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री देउवासँग भारत र चीनका राजदूतको भेट


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको थियो ।

त्यसैगरी, चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय सिंहदरबारले जनाएको छ ।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुबै राजदूतको यो पहिलो भेट हो । रासस