२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने राजपाको निर्णय, आन्दोलनलाई निरन्तरता


0
Shares

सो पार्टीको शुक्रबार राजधानीमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने र आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको हो ।

असार ४ गते उम्मेदवारी मनोनयनका दिन तराई–मधेसका जिल्लाहरुमा बन्द गर्ने कार्यक्रमसमेत बैठकले तय गरेको जनाइएको छ ।

सरकारले राजपालाई चुनावमा सहभागी गराउने भन्दै दुईपटक निर्वाचन सारिसकेको छ भने प्रदेश नम्बर–२ को निर्वाचन नै स्थगित गरी असोज २ गते पुर्‍याएको छ ।

उनीहरुलाई निर्वाचनमा सहभागी गराउन भन्दै शुक्रबार (आज) हुनुपर्ने उम्मेदवारको मनोनयन पनि ४ गते पुर्‍याएको छ ।