
फाइल फोटो
शनिबार कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मध्य असारको रोपाइँको समयमा किसानले रोपाइँ गर्नेबेला मतदान गर्नुपर्ने भएकाले किसानको अहितमा चुनाव हुन लागेको बताए ।
समय–समयमा चुनावको मिति सार्दै जानु जनताको अहितमा भएको बताउँदै चुनावकाबेला जनतालाई सास्ती, पीडा र समस्या नहोस् भनेर स्वतन्त्रतापूर्वक चुनाव गराउनुपर्ने भएपनि विभिन्न बहाना गरी सरकारले चुनाव सार्दै लगेको उनले बताए ।
ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता र दलित बालबालिकालाई छात्रवृत्ति दिने कार्य आफ्नो पार्टीले गरेको दाबी गरे ।
कैलाली–कन्चनपुरका भूमिहीनका लागि उच्चस्तरीय सुकुम्बासी आयोग गठन गरी कार्य अगाडि बढाउन खोज्दा विपक्षी राजनीतिक पार्टीले गर्न नदिएको उनले आरोप लगाए ।
प्रत्येक निर्वाचन क्षेत्रमा सहकारी, साना उद्योग खोल्ने कार्य र सिँचाइको व्यवस्था गरी समृद्ध देश बनाउने कार्य अगाडि बढाउन आफ्नै पार्टीको भूमिका रहेको उनको भनाइ थियो ।
भारतसँग भएको सन् १९५० को सन्धिलाई बदल्न खोज्दा विपक्षीको अड्चनले कार्य अगाडि बढ्न नसकेको उनले बताए ।
‘स्वदेशमा रोजगारी नभएकै कारण देशका ४० लाख युवा मुग्लान जान बाध्य छन्’–उनले भने–‘खाडी मुलुकका देशमा ४० डिग्रीभन्दा बढीको चर्को गर्मीमा युवालाई काम गर्न बाध्य पारिनु देशमा रहेका कलकारखाना, उद्योगधन्दा कौडीको भाउमा बेचिँदा यस्तो अवस्था सिर्जना भएको हो ।’
चितवनको भरतपुरमा मतगणना भइरहेकाबेला पूर्वप्रधानमन्त्रीको छोरीले चुनाव हार्न लाग्दा मतपत्र च्यात्न लगाएको उनले आरोप लगाए ।
उनले भने–‘मतपत्रको कागज च्यातेको होइन, कानुन च्यातेको हो, मतदाताको मन च्यातेको हो ।’ रासस
प्रतिक्रिया दिनुहोस्