
माओवादी केन्द्र र फोरम नेपालबीच विराटनगर महानगरपालिका र अन्य चार स्थानीय तहमा चुनावी समीकरण गर्ने सहमति भएको हो ।
माओवादी केन्द्र र फोरम नेपालले आज विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारमा फोरम नेपालका उमेश यादव र उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपानेलाई सहयोग गर्ने सहमति भएको जानकारी दिएका छन् ।
माओवादी केन्द्रले यसअघि विराटनगर महानगरपालिकाको मेयरमा भोगेन्द्र यादवलाई उठाउने निर्णय गरेको थियो ।
तर, फोरम नेपालसँग चुनावी तालमेल भएपछि भोगेन्द्र यादवले उम्मेदवारी नदिने सहमति भएको छ ।
माओवादी केन्द्रका मोरङ अध्यक्ष गोपी अछामीले केन्द्रीय तहमा अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमतिअनुसार जिल्लामा तालमेल गरिएको बताए ।
यसैगरी फोरम नेपालका केन्द्रीय सदस्य एव लिम्वुवान प्रदेश सहइन्चार्ज भुराज राईले विराटनगरवाहेकका कटहरी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिकामा मेयर र उपमेयरमा तालमेल गरेर अघि बढने सहमति भएको बताए ।
यसअघि नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच पनि विराटनगर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको थियो ।
मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र आठ गाउँपालिका छन् ।
५ लाखभन्दा बढी मतदाता रहेको मोरङमा ६ सय ५९ मतदान केन्द्र र ३ सय मतदान स्थल तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्