१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पटक–पटक चुनाव सार्नुको पछाडि कूटिल जालझेल र षडयन्त्र छः अध्यक्ष ओली


0
Shares

पार्टी कार्यालय, धुम्वाराहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पटक पटक चुनाव सार्नुको पछाडि कूटिल जालझेल र षडयन्त्र रहेको जिकीर गरे ।

संविधान संशोधन गर्न सकिने दस्तावेज भएको बताउँदै उनले संशोधनको नाममा देशको हित विपरित भने गर्न नसकिने प्रष्ट गरे ।

पहिलो चरणको चुनावमा पहिलो बनेको एमाले अब हुने चुनावमा पनि पहिलो नै हुने दावी उनले दावी गरे ।

दलगत स्वार्थबाट माथि उठेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न उनले सबै दलसँग आग्रह गरे ।

ओलीले तराईका केही जिल्लामा नेकपा एमालेप्रति भ्रम फैलाउने काम भएको भन्दै यस्ता कार्यले राजनीतिक निकास ननिस्किने पनि बताए ।

कार्यक्रममा एमालेमा राजपाका अनिता यादव र राजेश्वर महासेठलाई प्रवेश पनि गराइएको थियो । नवप्रवेशी दुवै धनुषाका हुन् ।