विराटनगरमा राजपाका कार्यकर्ता पक्राउपछि गतिविधि ठप्प « Image Khabar


विराटनगरमा राजपाका कार्यकर्ता पक्राउपछि गतिविधि ठप्प


Imagekhabar
४ असार २०७४, आईतवार १२:३०

दुई दिनअघि क्षेत्रिय निर्वाचन कार्यालयमा ताला लगाउन पुगेका १४ जना राजपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई रिहा नगरेका कारण राजपाको विरोध शून्य भएको हो ।

प्रहरीले राजपाका कार्यकर्तालाई वडा प्रहरी कार्यालयमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले शुक्रबार राजपाका १४ कार्यकर्तालाई नियन्त्रणमा लिएको भए पनि शनिबार जिल्ला प्रशासन कार्यालय बन्द भएकाले थप अनुसन्धानपछि छाडिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्