Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बेलायतमा हुने ‘फिल्म फेयर अवार्ड’को तयारी तीव्र, नेपालबाट ५० जनाको टोली जाँदै


0
Shares

थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारपटार चल्दैछ ।

थर्ड आईका विकास देवकोटाकाअनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइनेछ ।

अवार्डका लागि शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, आर्यन सिग्देल, प्रियंका कार्की, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, अनमोल केसी सन्चारकर्मी एवं कलाकार श्याम अर्याललगायतका ५० जनाको टोली आगामी बुधबार बेलायततर्फ जाँदैछ ।

अमेरिकाबाट कम्तीमा १० जना कलाकार पुग्ने र बेलायतकै स्थानीय कलाकारहरुसमेत कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

नेपाली फिल्मलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिँदै आएको छ ।

हरेक वर्ष फरक–फरक देशमा यो अवार्ड आयोजना गरिने आयोजकको नीति छ ।