कांग्रेस रुपन्देहीको सोमबार भैरहवामा बसेको बैठकले आधिकारिक उम्मेदवारकाविरुद्ध ‘बागी’ उठ्ने र बागीलाई समर्थन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनमा रुपन्देहीका कतिपय स्थानमा आफ्नै उम्मेदवारविरुद्ध बागी उम्मेदवारीसमेत परेको थियो ।
कांग्रेस विधानको परिच्छेद–५ को दफा–३४ को उपदफा २ मा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने, उसको प्रस्तावक तथा समर्थक बस्नेलाई कारबाही गर्ने व्यवस्था छ ।
कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पार्टीको अनुशासन कायम गर्दै कांग्रेसलाई थप मजबुद् र एकताबद्ध बनाउन यस्तो निर्णय गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्