Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपालाई दलको मान्यता प्रदान, नेपाली कांग्रेस (बीपी) पनि दर्ता


0
Shares

                                                                              फाइल फोटो
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो ।

आयुक्त नरेन्द्र दाहालले ६ ओटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’लाई दलको मान्यता प्रदान गरेको जानकारी दिए ।

उनले ‘राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय भएको छैन’–भने ।

यसैगरी, आयोगको बैठकले पाँचओटा राजनीतिक दललाई दर्ता गरेको छ ।

पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिकरुपमा दलको मान्यता पाएको छ ।

यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली कांग्रेस (बीपी)लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ । रासस

Skip This