
काठमाडौं, असार १९ । राष्ट्रिय गौरवका आयोजना वा सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ बन्दै छ ।
नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी करिब १० करोड रुपैयाँ खर्चिएर ‘वार रुम’ तयार गर्न थालिएको हो ।
सोही महाशाखाअन्तर्गत भर्खरै स्थापना गरिएको ‘तत्काल समस्या समाधान केन्द्र’ ले सरकारले प्राथमिकतामा राखेका विकास निर्माणसम्बन्धी आयोजना र तत्काल आइपर्ने समस्या समाधानलगायत महत्वपूर्ण विषयमा प्रत्यक्ष संवाद गरी निर्णयमा पुग्न सहयोग पुग्ने गरी ‘वार रुम’ को अवधारणा अघि बढाएको हो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्