
काठमाडौं, असार १९ । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई पक्राउ गर्न आइतबारदेखि धरपकड अभियान चलाएको छ ।
पहिलो दिनमै सयौं आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको ‘पुनः भर्ना एवं दर्ता कार्यक्रम’को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २२९ जना पक्राउ परेका छन् ।
ती मध्ये कति नेपाली छन् भन्ने पूर्ण जानकारी आइसकेको छैन । पक्राउ परेकामा धेरैजसो इन्डोनेसियाली र बंगलादेशी नागरिक रहेको बताइएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्