१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


१० महिनामा ११ करोड ९५ लाख मूल्य बराबरको तास आयात


0
Shares

काठमाडौं, असार १९ । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ, त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो– तास ।

मनोरञ्जनका लागि जुवाघर अर्थात क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पान पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ । सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्री वितरणमा भने कडाइ गरेको छैन ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्यको झण्डै एक करोड एक लाख ६२ हजार प्याकेट तास आयात भएको छ । –नागरिक दैनिकबाट