Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांग्रेस नेताहरुको समीक्षाः यसकारण स्थानीय निर्वाचनमा खुम्चियो कांग्रेस (भिडियो)


0
Shares

त्यसैगरी, नेकपा एमालेले अघि सारेको राष्ट्रिय मुद्दाको भ्रमका कारण पनि आफूहरु खुम्चिनुपरेको समीक्षा कांग्रेसका नेताहरुले गरिरहेका छन् ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसभन्दा एमाले लगभग ९८ हजार मतका साथ अघि छ ।

संसदमा पहिलो दल रहेको कांग्रेस निर्वाचनमा थुप्रै स्थानमा झिनो मतअन्तरका साथ पराजित भएको छ । त्यसको दोष कांग्रेस नेताहरुले अन्य पार्टीलाई लगाउनुभन्दा आफैंभित्र थोपर्न थालेका छन् ।

निर्वाचनमा जनताले पत्याएनन् भनरे स्वीकार गर्नुको साटो जनताको चाहना कांग्रेस नै हो तर कांग्रेसले कांग्रेसलाई हरायो भन्ने बहसमा रुमलिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यहरु टिकट वितरणमा भएको गुटबन्दी, उम्मेदवारी चयनमा भएको ढिलाइका कारण कांग्रेसले हारेको तर्क गरिरहेका छन् । उनीहरु घुमाउरो पारमा एक पक्षले अर्कोलाई दोष दिइरहेका छन् ।

एउटै झन्डाभित्र रहेर पनि अनेकौं गुटमा विभाजित कांग्रेसीहरु आफू र आफ्नाले नपाए जे गर्न पनि तयार हुन्छन् भन्ने दृष्टान्त निर्वाचनले देखाइसकेको छ ।

अन्तर्घातकै कारण हारियो भनेर जान्दा–जान्दै पनि उनीहरुसँग त्यसलाई सुधार्ने नीति होइन कि बरु एकले अर्कालाई दोषारोपण गरेर आफू चोखिन खोज्दैछन् ।

सरकारले प्रभावकारी काम गर्न नसकेको, गुटगत राजनीतिले प्रश्रय पाएका कारणलेमात्र होइन, एमालेको ‘प्रपोगान्डा’ नर्चिदा हार व्यहोर्नुपरेको बुझाइ पनि छ, केन्द्रीय सदस्यहरुको ।

राष्ट्रिय राजनीतिको विषयमा लिइएका निर्णयहरु जनतामाझ स्पस्टसँग लान नसक्दा पनि समस्या आएको बुझेका नेताहरु प्रधानन्यायाधीश प्रकरण, आइजीपी प्रकरण, राजदूत नियुक्ति, मधेसको माग सम्बोधन गर्न केही प्रदेश पुनःसंरचना गर्ने प्रस्तावले पनि पछि पर्नुपरेको बताउँछन् ।

६ प्रदेशमा भएको स्थानीय निर्वाचनमा ४९ स्थानीय तह प्रमुखले पछि परेको कांग्रेस अब २ नम्बर प्रदेशमा हुने निर्वाचनबाट त्यसको क्षतिपूर्ति भराउने तयारीमा छन् । (भिडियो हेर्नुहोस्) ।

Skip This