Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपाको नयाँ कार्यालय उद्घाटन


0
Shares

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय बुधबार उद्घाटन गरिएको हो ।

राजपाका अध्यक्षमन्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरत्सिंह भण्डारी र अनिल झाले संयुक्तरूपमा झन्डोत्तलन गरेका थिए ।

अध्यक्षमन्डलका अर्को नेता राजकिशोर यादव भने उपत्यकाबाहिर भएकाले अनुपस्थित थिए ।

कार्यालय सन्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको छ ।

पार्टी एकीकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव पेस हुने र राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने अध्यक्षमन्डलका नेता अनिल झाले राससलाई जानकारी दिए ।

बैठक तीन दिनसम्म चल्ने राजपाले जनाएको छ । रासस

Skip This