बुधबारै उद्घाटन गरिएको पार्टी कार्यालय बबरमहलमा सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संविधान संशोधन र प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल हुने राजपाले जनाएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।
संविधान संशोधन गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टीले ६ ओटा प्रदेशमा सम्पन्न पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको थियो ।
संविधान संशोधनमार्फत् आफ्ना मागहरु सम्बोधन नभए प्रदेश नम्बर–२ को निर्वाचन पनि बहिस्कार गर्ने राजपाले अडान कायमै राखेको छ ।
बुधबारै राष्ट्रिय जनता पार्टीको बिजुलीबजारमा रहेको पार्टी कार्यालयबाट औपचारिकरुपमा बबरमहलमा पार्टी कार्यालयमा सरेको छ ।









प्रतिक्रिया दिनुहोस्