Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


चुनावी अभियान सन्चालन गर्न प्रदेश नम्बर–२ पस्दै समाजवादी फोरमको भातृसंगठन


0
Shares

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी समाजवादी युवा फोरमले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनलाई लक्षित गरी भदौ ३ गतेदेखि १० गतेसम्म ८ ओटै जिल्लामा अभियान सन्चालन गर्ने जानकारी दिएको हो ।

युवा फोरमका युवा इन्चार्ज विष्णुजंग बस्नेतले स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउन अभियान सुरु गर्न लागेको जानकारी दिए ।

कार्यक्रमका सहभागीहरुले जनतामाझ भिजेका सक्रिय कार्यकर्तालाई नेतृत्वले टिकट दिए प्रदेश नम्बर–२ को चुनावमा पार्टी पहिलो स्थानमा आउने दाबी गरेका थिए ।

Skip This