Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित, ९७ सांसदमात्रै उपस्थित


0
Shares

                                                                               फाइल फोटो
‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नेक्रममा बैठकमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएका थिए ।

काफ्लेको नियमापत्तिपछि सभामुख ओनसरी घर्तीले गणपूरक संख्या यकिन गर्नका लागि तीन मिनेट जनाउ घन्टी बजाउन संसद सचिवालयलाई निर्देशन दिएकी थिइन् ।

सो अवधिमा संख्या गणना गर्दा ९७ सदस्यकोमात्रै उपस्थिति देखिएपछि बैठक स्थगन गरिएको हो ।

नेपालको संविधान धारा ९४ अनुसार संसदको बैठकमा कुनैपनि प्रस्ताव निर्णयार्थ पेस गर्दा कायम संख्याको कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । सोअनुसार संसदमा हाल कायम सदस्य संख्यामध्ये १४९ सदस्य उपस्थित हुनुपर्छ ।

बैठकमा गणपूरक संख्या नपुगेपछि शुक्रबारको कार्यसूचीमा रहेका संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् । रासस

Skip This