Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


पोखराबाट दाहालले दिए ओलीलाई धन्यवाद


0
Shares

प्रेस सेन्टर नेपाल ४ नम्वर प्रदेशले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले निर्वाचन प्रणाली खर्चिलो र बोझिलो भएकाले एकै पटक प्रतिनिधिसभा र प्रदेशको निर्वाचन हुने बताए ।

उनले अनुकूलताका हिसाबले मंसिर पहिलो साता निर्वाचनका लागि उपयुक्त हुने बताए ।

पार्टीको आन्तरिक प्रशिक्षणका लागि पोखरा आएका दाहालले दुवै निर्वाचनपछि संविधान कार्यान्वयनको एउटा चरण सकिने बताए । त्यसपछि मुलुक विकास निर्माण, आर्थिक समृद्धि र सामाजिक न्यायलगायतको प्रक्रियामा अघि बढ्ने बाटो खुल्ने उनको भनाइ थियो ।

संविधान कार्यान्वयनको चुनौती रहेको उल्लेख गर्दै उनले विभिन्न समस्यासँग जुधेर पनि ६ वटा प्रदेशमा स्थानीय तह निर्वाचन गर्न सफल भएको बताए । असोज २ मा हुने दुई नम्बर प्रदेशको निर्वाचन पनि सफल हुने उनको विश्वास छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री नभएसम्म देशमा विकास हुन नसक्ने बताए । कम्तीमा ५ वर्ष राजनीतिक शासन गर्न पाए देशमा स्थिरताको वातावरण बनेर आर्थिक समृद्धि हुनेछ ।

उनले संविधान जारी भएको तीन वर्ष नपुग्दै तीन सरकार बनिसकेको र उस्तैपरे चौथो सरकार पनि बन्ने अवस्था आउन बेर नरहेको बताए । यद्यपि अहिल्यै सरकार परिवर्तन नहुने उनले दावीसमेत गरे ।

निकै खुसी मोडमा देखिएका अध्यक्ष दाहालले भरतपुर महानगरपालिकाको निर्वाचनमा छोरी रेणु दाहालले मेयर पदमा जित हासिल गर्दा आफूलाई सन्तोष मिलेको बताए ।

छोरीलाई जिताउन विशेष शक्ति प्रयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रतिक्रिया सम्बन्धमा पोखरामा संचारकर्मीले सोधेको जिज्ञासामा दाहालले भने, ‘मैले केपीजीको स्टाटस हेरेँ, चितवनका एमाले कार्यकर्तालाई निर्वाचन परिणामलाई सहजै लिन भन्नुभएको रहेछ । केपीजीलाई धन्यवाद, एउटा नेताले भनेको त्यो सही हो ।’

दाहालले एमाले अध्यक्ष ओली पछिल्लो समय अलि नरम हुँदै गएको बताए । ओली नरम हुँदा आफू पनि नरम हुने गरेको उनले बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलसँग निर्वाचनमा सहकार्य हुने बताए । उनले भने, ‘एमालेसँग सहकार्य हुनै नसक्ने होइन ।’

Skip This