Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


भुवन सुप्तीहाङले ल्याए ‘सम्मान मेरो’, भनेः ‘हतारमा गीत नगाउनु’


0
Shares

प्रज्ञा प्रतिष्ठानको सभाहलमा नयाँ–पूराना सर्जकहरुलाई निम्ताएर उनी आफ्नो पाँचौ एल्बम ‘सम्मान मेरो’ लाई सार्बजनिक गर्दा निकै उत्साहित र उत्तिकै भावुक पनि देखिन्थे ।

किनकी निरन्तर साँगीतिक यात्रामा रहँदै पाँचौं एल्बम विमोचन गरिरहँदा संगीत क्षेत्रमा अथाह मेहेनत, साधना आवश्यक रहेको अर्थाइरहेका थिए ।

उनी भन्दै थिए, ‘हतारमा एल्बमकै लागी मात्र गीत कहिल्यै नगाउनुहोला ।’

‘हामीले गाइएका गीतहरु त्यस्तो होस जुन सुनेर थकित बटुवाहरु सुस्ताएर मग्न होउन, चरीहरुले समेत पखेंटा फिंजाएर आनन्द महसुश गरुन,’ उनले संगीतको परिभाषा दिदैं भने, ‘सर्जकहरुले मानव सदभाव र सम्बन्ध बलियो पार्न सक्नुपर्छ ।’

सोमबार विमोचित एल्बममा ११ गीत समावेश गरिएको छ । यी सम्पुर्ण गीतमा स्वर तथा संगीत गायक स्वयंले रहेको छ ।

एल्बममा बुद्धवीर लामा, विश्वकाजी राई, गोपाल दाहाल, जितेन्द्र रसिक, अनोज रोका, भुवन सुप्तीहाङ राई, मुकेश राई, प्रेम सुब्बा चेम्जोङ, जेवी संयोगी, दकिला लामालगायतको शब्दहरु छन् ।

एल्बमलाई संस्कृतिविद् सत्यमोहन जोशीले एक कार्यक्रमबीच सार्वजनिक गरे ।

जोशीलाई गीतकार बुद्धवीर लामा, धावक वैकुण्ठ मानन्धर, गायक दीपक थापालगायतले विमोचनमा साथ दिए ।

जोशीलाई उक्त कार्यक्रममा गायक राईले जोशीलाई अभिनन्दन समेत गरे ।

विमोचन कार्यक्रममा यस एल्बमको दुइवटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियो चाँडै नै सार्वजनिक हुने पनि गायक राईले बताए ।

एल्बममा रहेको ‘आउँदो रहेछ जिन्दगीमा’ बोलको गीतको भिडियोलाई कृष्ण आचार्यले निर्देशन गरेका छन् ।

उदयपुरका गायक राईले अहिले सम्म गीति एल्बम, चलचित्रका गीत तथा फुटकर गरी ५ सय गीतमा स्वर दिईसकेका छन् ।