
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।
दुई दिनसम्म चल्ने मन्त्रीस्तरीय बैठक बिहीबारै साँझदेखि सुरु हुँदैछ । दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलकका उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो ।
विदेशमन्त्री स्वराजले काठमाडौंमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेतासँग भेटवार्ता गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्