फाइल फोटो
सर्वोच्चको निर्णय अत्यन्तै सकारात्मक भएको र यसले निर्वाचनमा भाग लिने वातावरणलाई झनै सकारात्मक बनाएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या बढाउनेविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन बिहीबार खारेज गरेपछि सरकारलाई प्रदेश नम्बर–२ मा संख्या बढाउन बाटो खुला भएको छ ।
सरकारले संसदमा पेस गरेको संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत् गरे जस्तोसुकै परिणाम आएपनि निर्वाचनमा जाने राजपाको योजना छ ।
महासचिव झाले संशोधनको प्रस्तावलाई तत्काल अघि बढाउन सरकारसमक्ष आग्रह गरे । रासस









प्रतिक्रिया दिनुहोस्