
राष्ट्रिय राजनीतिबाट दिक्क बनेका मधेसी जनताले स्थानीय तहमा जनप्रतिनिधिहरु चुनेर आँगनमै सरकार पाउने आश गर्दै उत्साही बनेका हुन् ।
देशभर स्थानीय निकायमा जनप्रतिनिधिले प्रत्यक्ष काम थाल्दैगर्दा एक्लिएको महसुस गरेका मधेसी जनताले यो निर्णयसँगै मधेसमा अब निर्वाचन हुनेमा विश्वस्त बनेका छन् ।
मधेसमै अन्य राजनीतिक दलहरुले गतीविधि व्यापक बनाइरहँदा रणभुल्लमा परेका राजपाका नेता–कार्यकर्तासमेत यो निर्णयपछि यतिबेला हर्षित बनेका हुन् ।
निर्वाचनप्रति राजपाका उत्साही नेता–कार्यकर्ताहरुको ठूलो हुल दैनिकजसो अन्य राजनीतिक दलहरुमा पार्टी प्रवेश गर्नेक्रमसमेत अब रोकिनेमा राजपाका स्थानीय नेताहरु ढुक्क भएका छन् ।
आफूहरुको मागको कदर भएको भन्दै अबको एजेन्डा मधेसको विकासमा जनप्रतिनिधिमार्फत् बलियो बन्ने राजपाका नेता राजु गिरी बताउँछन् ।
सरकारले संसदमा पेस गर्दा आउने नतिजा आफूहरुलाई स्वीकार्य रहने बताउँदै राजपाका केन्द्रीय सदस्य गणेशजीप्रसाद साह अब चुनावमा जाने बताउँछन् ।
मधेसको विकासको पहिलो आधार नै निर्वाचन रहेको बुझेका मधेसी जनताहरुले पछिल्लो समय निर्वाचनप्रति देखाएको आकर्षणबाट डराएका राजपा स्थानीय नेताहरु यो निर्णयले मधेसमा सकारात्मक सन्देश गएको बताउँछन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्