Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नयाँ शक्तिले देवेन्द्र पौडेलसहितका नेतालाई सोध्यो २४ घन्टे स्पष्टीकरण


0
Shares

सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका संघीय परिषद् सदस्य पौडेलसहित १५ जनाले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाकाबारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको उल्लेख छ ।

विज्ञप्तिमा उनीहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोड–कोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टी हितविपरीत हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोचलाई पार्टीले सहन गर्नसक्ने छैन ।’

भर्खरै सम्पन्न पार्टीको संघीय परिषद् बैठकमा १५ जना नेताहरुले कुनै फरक धारणा दर्ज नगराएको तथा पार्टी संयोजकका तर्फबाट प्रस्तुत् राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाएको विज्ञप्तिमा जनाइएको छ । रासस

Skip This