तर संसदमा हाल कायम अंक गणितले विधेयक पारित गर्न सरकारलाई कठिन हुने देखिन्छ ।
आवश्यक दुईतिहाई मत नजुट्दा संविधान संशोधन विधेयक लामो समयदेखि संसद्मै विचाराधीन छ । हाल संसद्मा ५ सय ९३ जना सांसद छन् ।
संविधान संशोधन पारित गर्न दुई तिहाई अर्थात ३ सय ९६ मत आवश्यक पर्छ ।
विधेयकको समर्थनमा सरकारसँग कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८१, राप्रपा प्रजातान्त्रिकका २२, राष्ट्रि जनता पार्टी नेपालका २४, संघीय समाजवादी फोरमका १५, लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अखण्ड नेपालका १ र समाजवादी जनता पार्टीका १ गरी ३ सय ७१ सांसद छन् ।
भर्खरै पार्टी फुटेको पीडामा रहेको राप्रपाले भने औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । राप्रपाको १५ मत आउँदा विधेयकको पक्षमा ३ सय ८६ पुग्छ ।
विधेयक पारित गर्न सरकारलाई थप १० सांसद आवश्यक पर्नेछ । सत्तारुढ दलका नेताहरु दुईतिहाई मत पुर्याएर विधेयक पारित गर्न सरकार प्रयत्न गरिरहेको बताउँछन् ।
संविधानप्रति असन्तुष्ट दल राष्ट्रिय जनता पार्टी पनि अहिले दुई तिहाई मत पुग्ने अवस्था रहेकाले संविधान संशोधन विधेयक पारित हुने विश्वासमा छ ।
यता, संविधान संशोधनको विपक्षमा रहेको एमाले नेतृत्वको विपक्षी मोर्चासँग झण्डै एक तिहाइ सांसद छन् ।
संविधान संशोधनको विपक्षमा एमालेसहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दलका गरी १ सय ९४ सांसद छन् । विपक्ष गठवन्धन अझै पनि संशोधन विधेयकको विपक्षमा छ ।
विपक्षी गठवन्धनले आफ्नो गठवन्धनलाई एकढिक्का बनाउन सके संविधान संशोधन विधेयक पारित गर्न सरकारलाई झनै कठिन पर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्