
संशोधन विधेयकलाई मतदान प्रतिक्रियामा लगेर टुंगो लगाउने उद्देश्यले संसदमा विधेयक पेस गरिएको हो ।
संसदको बुधबार बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथि दफावार छलफलका लागि पेस गरेका हुन् ।
बैठकमा उक्त संशोधन विधेयकमाथि परेका संशोधनहरु पनि प्रस्तुत् गरिएको थियो । उक्त विधेयकमाथि आगामी भदौ ४ गते छलफल हुने जनाइएको छ ।
यसअघि बुधबारै बसेको संसद बैठकमा नेकपा एमालेले पेस गरेको बाढी प्रभावित क्षेत्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको थियो ।
त्यसक्रममा गृहमन्त्री जनार्दन शर्माले हालै तराईका विभिन्न जिल्लामा आएको बाढीले पुर्याएको क्षतिको विवरण दिँदै आगामी दिनमा यस्तो नियति दोहोरिन नदिन पूर्वसावधानी र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए ।
संसदको अर्को बैठक भदौ ४ गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्