२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाढीपीडितलाई कुन दलको कति सहयोग ? (भिडियो)


0
Shares

तर, प्रभावितले अझै राहत पाउन सकेका छैनन् । विभिन्न राजनीतिक दलहरुले पनि बाढीपीडितका लागि राहत घोषणा गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । कांग्रेसले २०७ सांसदको एक महिनाको पारिश्रमिक बाढी–पहिरोपीडितलाई दिने घोषणा गरेको हो ।

कांग्रेसले ‘कांग्रेस बाढीपीडित राहत कोष’ नाममा बैंक खाता खोलेर केन्द्रदेखि जिल्ला कार्यसमिति र पार्टीका चार लाख ७० हजार क्रियाशील सदस्यलाई राष्ट्रियशोकमा स्वेच्छाले सहयोग गर्न ‘सर्कुलर’समेत जारी गरेको छ ।

यस्तै, बाढी प्रभावितको उद्धार र राहत वितरणको लागि पार्टी कार्यकर्ता र भातृसंगठनहरुलाई परिचालन गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि बाढी प्रभावितका लागि केन्द्रीय दैवी राहत कोष स्थापना गरेको छ ।

एमालेले बाढी–पहिरोपीडित परिवारका लागि पार्टीका सांसदबाट एकमुस्ट ८२ लाख रुपैयाँ राहत संकलन गर्ने निर्णय गरेको छ ।

एमालेले आफ्ना १७९ सांसदको तलब एकमुस्ट जम्मा गरी पार्टीले स्थापना गरेको प्राकृतिक विपत्ति कोषमा जम्मा गरिने र कोषमा जम्मा भएको रकम छिट्टै पीडित परिवारलाई हस्तान्तरण गर्ने जनाएको छ ।

सत्तारुढ दलको एक घटक माओवादी केन्द्रले पनि बाढी प्रभावितहरुको सहयोगको लागि आफ्नो पार्टीका सबै सांसदले एक महिना बराबरको तलब दिने घोषणा गरेको छ ।

घोषणाअनुसार माओवादीका कुल ८२ जना सांसदबाट ४५ लाख २८ हजार ८६० रुपैयाँ बाढीपीडितले पाउनेछन् ।

माओवादी केन्द्रले बाढीपीडितको उद्धार र सहयोगको लागि पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गरेको जनाएको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि २४ सांसदको एक महिनाको तलब बाढी र डुबानपीडितलाई राहतस्वरूप वितरण गर्ने निर्णय गरेको छ ।

रापजाले उक्त रकम सरकारी संयन्त्रमार्फत् नभइ आफ्नै कोषबाट खर्च गर्ने जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालले पनि १५ सांसदको एक महिनाको तलब पीडितलाई राहतस्वरूप वितरण गर्ने निर्णय गरेको छ ।

फोरमले केन्द्रीय सदस्यबाट कम्तीमा दुई हजार र राजनीतिक समिति सदस्य तथा पदाधिकारीबाट कम्तीमा तीन हजार संकलन गर्ने भएको छ ।

भिडियो हेर्नुहोस्