बिहीबार बागलुङमा आयोजित एक कार्यक्रममा थापाले भारतले बनाएका बाँधका कारण नेपालीहरुले समस्या झेल्दै जाने हो भने भत्काउन पनि पछि नपर्ने बताए ।
नेता थापाले भारतले नेपाली सिमानामा बनाएको बाँधले तराई डुबानमा परेको जिकिर गरे ।
उनले सबै एकजुट भएर भारतसँग बाँध भत्काउन माग र पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
संसदबाटै सिमानामा बनाइएको बाँध भत्काउन भारतसँग कुरा राख्न सक्नुपर्नेमा जोड दिँदै थापाले यो सवालमा एक हुन नसके प्रत्येक वर्ष नेपाली भूभाग डुबानमा परिरहने बताए ।









प्रतिक्रिया दिनुहोस्