तर, विधेयक पारित हुने सम्भावना भने न्यून देखिएको छ ।
संविधान संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको आग्रहमा सरकारले संविधान संशोधन विधेयकलाई संसदमा निर्णयार्थ पेश गर्दैछ । संशोधन प्रस्तावमाथि ५० वटा संशोधन परेका छन् ।
संशोधन प्रस्ताव निर्णयार्थ पेश भए पनि प्रमुख प्रतिपक्षी एमालेको असहमतिका कारण अंकगणितका आधारमा पारित हुने सम्भावना भने न्युन छ । तर, सत्तारुढ दल भने दुई तिहाई पुर्याएरै विधेयक पारित गर्ने रणनीतिमा लागेका छन् ।
यता, प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वको विपक्षी गठवन्धन भने विधेयकलाई पारित हुन नदिने रणनीतिमा छ ।
संसदमा हाल कायम रहेका ५ सय ९२ सांसद मध्ये संशोधन विधेयक पारित गर्न दुई तिहाई अर्थात ३ सय ९५ जना सांसदको समर्थन आवश्यक पर्छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्