२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक निर्वाचन आयोगमा दर्ता


0
Shares

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिए ।

आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त दललाई दर्ता गर्ने निर्णय गरेको जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए ।

उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट हालेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता राजाराम श्रेष्ठकाअनुसार २० सांसद तथा ६९ केन्द्रीय सदस्य उक्त पार्टीमा छन् । रासस