Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजपाका वरिष्ठ नेता यादव माओवादी केन्द्रमा प्रवेश


0
Shares

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता शिवपूजन यादवसहितका सयौं नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले ‘नेपालमा अन्धराष्ट्रवादको नाममा अतिवाद हाबी भएकाले त्यसलाई खारेज गरेर मुलुकलाई एकीकृत गर्नसक्ने क्षमता र तागत माओवादी केन्द्रसँगमात्रै छ’–भने ।

मुलुकलाई एकताबद्ध बनाउने विचार र तागत माओवादी केन्द्रसँगमात्रै भएको जिकिर गर्दै उनले अन्धराष्ट्रवादका नाममा मुलुकलाई विखन्डन गर्ने र अराजकता मच्चाउनेलाई नेपाली जनताले चिन्ने बताए ।

मुलुकको ‘जीवनरेखा’कारुपमा रहेको तराई–मधेसलाई समृद्ध बनाउने र त्यहाँ रहेका विविधखालका विभेदलाई अन्त्य गर्न आफ्नो पार्टीले योजनाबद्ध तवरले काम गरेको उनको कथन थियो ।

आफ्नो नेतृत्वको सरकारले आन्दोलनमा घाइते भएकालाई क्षतिपूर्ति, मृतक परिवारलाई राहत तथा उनीहरुको आश्रित परिवारको जीविकोर्पाजनका लागि विशेष निर्णय गरेको उल्लेख गरे ।

कार्यक्रममा राजपाका वरिष्ठ नेता यादवले ‘माओवादी जनयुद्धका बलमा स्थापित भएको परिवर्तनलाई कुनै योगदान नै नगरेका शक्तिले हालीमुहाली गर्न थालेकाले’ आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए । रासस

Skip This