पार्टीद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताए ।
माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले भने–‘राज्यको विभिन्न तहमा भागबन्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।’
भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौं उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्