Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘मधेस आन्दोलनकाक्रममा ५२ जनाको मृत्युको मुख्य जिम्मेवार माओवादी केन्द्र’


0
Shares

बिहीबार राजधानीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजपा अध्यक्षमन्डलका नेताहरुले माओवादीलाई लोकतान्त्रिक विधिमासमेत विश्वास नभएको शक्तिकोरुपमा व्याख्या गरे ।

नेपाली कांग्रेस र नेकपा एमालेभन्दा माओवादीको बढी आलोचना गर्दै प्रस्तुत् भएका राजपा नेताहरुले घोषणापत्रमा माओवादीलाई अधिनायकवादी, सर्वसत्तावादी र संघीयताविरोधीकोरुपमा व्याख्या गरिएको छ ।

मधेस आन्दोलनकाक्रममा ५२ जना मधेसीको मृत्युको मुख्य जिम्मेवार पनि माओवादी केन्द्र नै रहेको आरोपसमेत उनीहरुले लगाए ।

यस्तै, एमालेलाई संघीयता र समावेशीविरोधी तथा मधेसप्रति अनुदार पार्टीकोरुपमा राजपाले व्याख्या गरेको छ ।

कांग्रेसलाई पनि राजपाले संघीयता र समावेशीप्रति प्रतिबद्धता नभएको पार्टीको संज्ञा दिएको छ भने संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमलाई ‘व्यक्तिगत स्वार्थप्रेरित दल’ भनिएको छ ।

राजपा नेताहरुले निर्वाचनमा विचार मिल्ने दलहरुसँग तालमेल हुनसक्ने पनि बताए ।

Skip This