
काठमाडौं, असार १८ । नेपालमा ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ वर्षभन्दा बढी हुँदा पनि सटही हुन सकेको छैन ।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा परराष्ट्र मन्त्रालयलगायतका सम्बन्धित निकायले चासो नदेखाउँदा बैंकिङ प्रणालीमा रहेको ७ करोड भारु सटही नहुने सम्भावना बढेको हो ।
राष्ट्र बैंकको गोदाममा भारु नोट कागजको खोस्टासरह थन्किएका छन् । नेपालका तर्फबाट पटक पटक पहल भएपछि भारतीय पक्षले जनही ४ हजार ५ सय रुपैयाँमात्र सटही गर्ने सहमति गरेको थियो । तर राष्ट्र बैंकले भने जनही २५ हजार साट्न पाउनुपर्ने अडान राखेको थियो ।
पछिल्लो समय अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सम्बद्ध निकाय भारुको विषयमा मौन छन् । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्