Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


दुवईमा श्रम गर्दागर्दै दर्जन बढी गीत रेकर्ड, गायनमा केशवले मारे छलाङ


0
Shares

किनकी भर्खरै सांगीतिक क्षेत्रमा हामफालेका केशव भावुकको भावना बुझ्दा लाग्छ गीत गाएर ‘स्टार’ बन्ने सपना र संगीतमा चुर्लुम्म डुब्ने अभिलाषालाई रोक्न नसकिने नै रहेछ ।

सात समुद्रपारीको दुवईमा दैनिक १२ घन्टा ड्यूटीमा खटिएर गायन क्षेत्रमा लागेका केशवले दुई महिनामा करिब २७ वटा गीत रेकर्ड गराइसकेका छन् ।

नौं वटा गीत समेटिएको ‘भावुक’ एल्बम पनि सार्बजनिक गरेका छन् । विनोद खम्बुको संगीत रहेको आधुनिक उल्बम भावुकमा केशवले तीनवटा गीत आफैं लेखेका छन् । सबै गीतमा आफैंले स्वर भरेका छन् ।

नौवटा गीत समावेश रहेको एल्वममा मेलिना राई, रेश्मा राई, ममता राई, अमृता लिम्बु, र पासाङ डिकी शेर्पाले पनि स्वरमा साथ दिएका छन् ।

एल्वममा पछिल्लो समय चर्चामा रहेका गीतकार राम रेप्चुङ राई, नरेश भट्टराई, पाली मगर विक्रम अन्नत, युवराज राई र केशवका गीत समेटिएका छन् ।

एल्बममा रहेको ‘छाडे पनि यो हावा बहन’ गीतलाई भिडियोमा उतारिएको छ ।

नायिका सारिका घिमिरे र मोडल दिनेश बिसीले अभिनय गरेका छन् । गीत केशबको र मेलिना राईले स्वर दिएका छन् । गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन/सम्पादन गरेका छन् ।

खोटाङको दिक्तेलमा जन्मिएका केशवले करिब आठ बर्ष विदेशी भूमिमै विताइसकेका छन् । तर संगीतप्रतिको सानैदेखिको सौखलाई उनले दुवईको ब्यस्तताबाटै प्रष्फुटित गराए ।

‘संगीत सिक्ने र गाउने अवसर कहिल्यै मिलेन, रोजगारीका सिलसिलामा विदेश पुगेपनि समय कहिल्यै मिलेन,’उनले भने,‘तर इच्छा भए उपाय निस्किंदो रहेछ ।’

आधुनिक गीत गाउन रुचाउने केशब दुई महिनाको नेपाल बसाईकै क्रममा दुई दर्जन त गीत नै रेकर्ड गराइसके । खोटाङ, काठमाडौं देखि मलेसिया, कुवेतबाट उनलाई कार्यक्रमको निम्तो आइसकेको छ

‘संगीतमा त सुर र ताल मिल्नुपर्दोरहेछ, मलाई थाहै थिएन, उनले भने–,‘म त १२–१४ घन्टाको नियमित ड्यूटीको फुर्सदमा आफ्नै तालमा गीत गाउँथे तर संयोग भन्नुपर्छ मैले रेकर्ड गराएका सबै गीत ‘वान टेक मै ओके’ भए ।’

नारायणगोपाल, राजेशपायल राईका फ्यान केशवले दिनमा चारवटासम्म गीत रेकर्ड गराए । चलचित्रका गीत गाउन अफरहरु आउन थालेका छन् ।

‘ढुंगाको साँगुरो चेपमा उम्रिएको पिपलले विशाल बनेर दुनियाँलाई छहारी दिएजस्तै कठिन परिस्थितिबाट गुज्रिरहेका केशव नेपाली सांगीतिक दुनियाँको ‘स्टार’ बन्ने अभिलाषामा दौडिरहेका छन् ।