
‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार रुसी सेनाको हवाई कारबाहीका क्रममा तीन बालबालिकासहित १४ जना सर्वसाधारण मारिएको जानकारी दिएको छ । रुसी सेनाले त्यहाँ जिहादी लडाकुविरुद्ध हवाई कारबाही गर्दै आएको छ ।
जिहादीहरुको बलियो प्रभाव रहेको ‘युफेरटस्’ नदी पार गर्न लागेका सर्वसाधारण सो आक्रमणको शिकार भएका उक्त अधिकारवादी संस्थाले जनाएको छ ।
सो संस्थाका निर्देशक रामी अब्दुलका अनुसार यस आक्रमणमा तीनजना बालबालिकासमेत मारिएका छन् ।
रुसको नेतृत्वमा भएको यो हवाई आक्रमण रातभर जारी थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ ।
यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चारलाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ ।
लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैले आफ्नै देशमा र छिमेकी देशहरुमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्