Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सुष्मा रुपाबुङको ‘लाहुरेनी फूल’माथि इलाममा विमर्श


0
Shares

इलाम । उपन्यासकार सुष्मा रुपाबुङ राईद्धारा लिखित उपन्यास लाहुरेनी फूलमाथि विमर्श कार्यक्रम फरक आयामको आयोजनामा इलाममा सोमबार सम्पन्न भएको छ  ।

आयामका अभियान्ता खेम साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘लाहुरेनी फूल’ एउटा वियोगान्त प्रेममा आधारित उपन्यास भए पनि यसले समाजका सामाजिक, आर्थिक, साँस्कृतिक पक्षलाई उठाएको हुनाले यो एउटा सामाजिक उपन्यासको रुपमा चित्रण गर्न सकिने कुरा सो कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उपन्यासमाथि प्राध्यापक दिपेन्द्र दुलाल र कवि प्रकाश थाम्सुहाङले टिप्पणी गरेका थिए ।

फरक आयामका अभियान्ता युवीर चेम्जोङ्गले सहजिकरण गरेको उक्त कार्यक्रममा प्राध्यापक, बुद्धिजीबी, लेखक, कवि, विद्यार्थी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

Skip This