३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणा


0
Shares

प्रोस्टाइल र जीइइले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपालको घोषणासँगै प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी फेसबुकमार्फत् प्राप्त गर्नसकिने आवेदन फारम आगामी मंसिर ८ गतेसम्म बुझाइसक्नुपर्ने जनाइएको छ ।

यो प्रतियोगितामा सहभागी हुन १८ देखि ३० वर्षको हुनुपर्ने एवं कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

प्रतियोगिताको ‘फिना’ले आगामी पुस १४ गते हुने जनाइएको छ ।