२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


बेलायतमा बसेर गायक अनिश पाण्डेले तयार पारे मन छुने राष्ट्रिय गीत(भिडियो)


0
Shares

पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो देशप्रतिको माया र सद्भावलाई आम नेपाली मनसँग बाँडेका छन् ।

‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका हुन् ।

गीतमा भानु भट्टराईको शब्द छन् भने गायक स्वयमको संगीत छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।