२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


ब्रिटिस नायकसँग अनिता लिम्बुको दमदार अभिनय


0
Shares

मेगास्टार राजेशपायल राई र गायिका अमृता लिम्बुले गाएको ‘विस्तारै विस्तारै’ बोलको गीतको हालै बेलायतको विभिन्न स्थानमा छायांकन सम्पन्न गरिसकिएको छ ।

जसमा अभिनेता समेत रहेका ज्याक आर्मष्ट्रोङले अभिनय गरेका छन् । भिडियोमा ज्याकसँगग बेलायतमै बस्दै आएकी अनिताको रोमान्स गरेको देख्न पाइनेछ ।

‘विस्तारै विस्तारै’ गीतको शब्दरचना जानु काङ्बाङ लिम्बूले गरेकी हुन् भने संगीत शिखर शन्तोषको रहेको छ ।

केही दिनमै दर्शक तथा श्रोतामाझ आउने यस गीतको भिडियोलाई अमृत गुरुङ र निको गुरुङले निर्देशन गरेका हुन् ।

हलिउड चलचित्र ‘एम्पायर अफ दि सार्कस’, बलिउडको ‘हेड स्टोरी फोर’लगायत दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेका ज्याकसँग अनिताले पहिलोपटक अभिनय गर्ने सौभाग्य पाएकी हुन ।

स्लोपप शैलीको गीतमा पछिल्लो पटक अभिनय गरेकी अनिताले बलिउड मुभी ‘फिर्कि’मा समेत अभियन गरेको छिन् । उक्त मुभीमा ज्याकी स्राफ, निल नितिन मुकेश लगायतको अभियन छ ।

anitaaa