२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान


0
Shares

उनीसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा संगीतकार तथा गीतकारहरुलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

नेपाली गीत–संगीतको विकासको क्षेत्रमा उच्च योगदान पुर्‍याएकाले उनीहरुलाई सम्मान गरिएको नारायणगोपाल संगीत कोषले जनाएको छ ।

नारायणगोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशील गीतकार तथा संगीतकर्मीलाई नारायणगोपाल स्मृति दिवसको अवसरमा सम्मान गरिँदै आएको छ ।