Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


आश्रय रंजित भक्तपुरकै उत्कृष्ट गायक


0
Shares

-केके मानन्धर/ईमेज

भक्तपुर । आश्रय रंजितलाई भक्तपुर कै उत्कृष्ट गायक घोषणा गरिएको छ । ‘जिल्लाव्यापी माध्यमिक स्तरीय एकल गायन प्रतियोगिता २०७५’ को उपाधिसँगै रंजितलाई उत्कृष्ट गायक घोषणा गरिएको हो ।

मध्यपुर थिमिको सुप्रिम एकेडमीमा आयोजित कार्यक्रममा जिल्लाका चौबीस विद्यालयबाट ३५ जना प्रतिस्पर्धी सहभागी थिए ।

विनायक शिक्षा निकेतनका विद्यार्थी रंजितले कर्णदासको ‘ठुला ठुला महल होइन’ बोलको गीत गाएर प्रतियोगितामा सहभागी ३४ जना प्रतिस्पर्धीलाई पछाडि पारेका हुन् ।

सोही कार्यक्रममा सिद्धार्थ विद्यापीठका शिर्षक भट्टराई दोस्रो, ग्लाडस्टोन एकेडमीका निखिला बस्नेत तेस्रो तथा चाणक्य माध्यमिक विद्यालयका डेविड खड्गीलाई सान्त्वना पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा वरिष्ट संगीतकार राजु सिंह तथा चर्चित गायिका प्रास्ना शाक्य निर्णायकको भूमिकामा थिए ।

‘विशेषगरी युवाहरुको प्रतिभा प्रस्फुटन गराएर उनीहरुको लागि मञ्च बनाउन जिल्लाव्यापी गायन प्रतियोगिता आयोजना गरेका हौं ।’ आयोजक विद्यालयका प्राचार्य विरेन्द्र जयनाले बताए

युवाहरुलाई पढाइसँगै उनीहरुको इच्छा अनुकूल वातावरण बनाउनु पर्नेमा उहाँको जोड थियो । जयनाले निकट भविष्यमा समेत युवा लक्ष्यित कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शिक्षासेवी रामकृष्ण दुवाल, निजी विद्यालयहरुको संगठन हिसानका केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान भक्तपुरका अध्यक्ष शिवकृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Skip This