Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


नेपाल आइडल–२ को उपाधि ओडले जिते, हात पारे २२ लाख नगद र कार


0
Shares

काठमाडौं । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् ।

शुक्रबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् ।

नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।

आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले रु २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए ।

उनले रु १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् । रासस