२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनोजराज र इतुलाई ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार


0
Shares

नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कास्कीका नगेन सिंह र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय पनि गरेको छ ।

अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा शुक्रबार नै बसेको बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

चालीस वर्ष ननाघेका युवा कलाकारलाई कोषले वर्षेनी नगद र स्वर्णपदकसहित ती दुवै पुरस्कार प्रदान गर्दै आएको छ । रासस