
गाउँले परिवेश त्यसैमाथी आफ्नो जन्म थलो र संस्कृतिलाई टपक्कै टिपेर उनले आफ्नो पछिल्लो गीतको म्युजिक भिडियो तयार पारेकी छिन् ।
याम आले मगरको लय र शब्दमा रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक मनाङ् गुरुङले निर्देशन गरेका छन् भने मोडल रिना थापासंग मनाङ् आफैले अभिनय पनि गरेका छन् ।
गाउँको मौलिक परिवेशमा निर्माण गरिएको यस म्युजिक भिडियोलाई निताले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् भने सार्वजनिक गरेको केहि दिनमै राम्रा प्रतिक्रिया पाएको गायिका नीताले बताएकी छिन् ।
सलैज्यु,कौडा, लगाएत विभिन्न चर्चित लोक गीतहरु नेपाली सांगीतिक बजारमा ल्याई सकेकी निता स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त गायिका हुन् ।
प्रतिक्रिया दिनुहोस्