२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


समलिंगी विषयक चलचित्र ‘म होइन म’ युट्युबमै चर्चित


0
Shares

इलम दिक्षितले निर्देशन गरेको चलचित्र यो समाचार तयार पार्दासम्म ४७ लाख ९३ हजारभन्दा धेरै पटक हेरिएको छ ।

१९ मार्च २०१७ मा युट्युबमा अपलोड गरिएको चलचित्रमा ब्यबसायिक चलचित्रमा अभिनय गर्ने कलाकार देखि साहित्यकारसम्मले अभिनय गरेका छन् ।

११ हजार सब्सक्राइबर रहेको युट्यु च्यानलबाट अपलोड गरिएको चलचित्रको भ्यू निकै राम्रो रहेको पाइएको छ ।

चलचित्र ‘म होइन म’ केही फिल्म फेष्टिबलमा बाहेक ब्यबसायिक रुपमा सिनेमा घरहरुमा प्रदर्शन गरिएको छैन ।

समलिंगी/तेस्रोलिंगीको अधिकारका लागि १७ वर्षदेखी काम गर्दै आएको संस्था नील हिरा समाजले सामाजमा चेतना फैल्याउने लक्ष्यले उक्त चलचित्र बनाएको हो ।

विभिन्न कार्यक्रमहरुमा उक्त चलचित्र समाजले देखाउँदै आएको छ ।

चलचित्र ‘म होइन म’ ले समलिंगी व्यक्तिलाई जवरजस्ती विपरितलिंगीसँग विवाह गरिदिँदा त्यसले दुबै व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरलाई देखाइएको छ ।

चलचित्रले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने सन्देश बोल्छ ।

आर्ट मुभी अन्तरगत बनेको चलचित्र ‘म होइन म’ नेपालमा समलिंगी सम्बन्धलाई लिएर बनेको पहिलो फिचर फिल्म हो ।

यो चलचित्रलाई लिएर नेपाली आम दर्शकले के भन्थे र यसको सन्देशलाई नकारात्मक रुपमा लिन्थे वा सकारात्मक रुपमा लिन्थे त्यो भने हलमा प्रदर्शन नभएकाले नील हिरा समाजले जनमत बुझ्न नपाएको बताइएको छ ।