१ असार २०८२, आइतबार | Sun Jun 15 2025


फोरमलाई मनाउनका लागि मन्त्रिपरिषद आंशिक विस्तार


0
Shares

प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनमा लचकता देखाएपछि फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका हुन् ।

सरकारमा सहभागी हुन फोरमले संविधान संशोधन, प्रदेश ५ को सीमांकनमा सामान्य हेरफेर, चार मन्त्रालयको नेतृत्व र साझा न्यूनतम कार्यक्रमलगायत विषयमा प्याकेजमा सहमति गर्नुपर्ने र त्यसमा लिखित प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेको छ ।

फोरमले थप प्रतिवद्धता खोजेपछि ओलीले सोमबार सांकेतिक रुपमा मात्रै सरकार विस्तार गरेका छन् । एमाले र माओवादीबाट मन्त्री हुनेको टुंगो लागिसके पनि ओलीले फोरमलाई समेत समेटेर सरकारलाई पूर्णता दिने भन्दै चारजनालाई मात्र सपथ गराएका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट