१ असार २०८२, आइतबार | Sun Jun 15 2025


३३ किलो सुन गायब, भरियाको हत्या


0
Shares

काठमाडौं, फागुन २० । सुन तस्करीमा संलग्न समूहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।

सीमा नाकाबाट अवैध रुपमा भित्र्याइएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्या समेत गर्न थालेका छन् ।

गत असोजमा तस्करीको सुन लुकाइएको आशंकामा रसुवाका गगन लामा काठमाडौंमा मारिए ।

हत्याको कारण तस्करीको १८ किलो सुन देखियो । लामा मारिएको पाँच महिनापछि फेरि सुन तस्कर समूहको आन्तरिक द्वन्द्वका कारण समन शाक्य मारिएका छन् ।

तस्कर समूहले उनलाई काठमाडौंबाट अपहरण गरी सिरहाको लहान पुर्याइ करेन्ट लगाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यातनाका कारण शाक्यको मृत्यु भएपछि बा१२च ५९६३ नम्बरको स्कोरपियो गाडीम शब राखेर धरानको चारकोशे झाडीमा गाड्न लैजाने क्रममा प्रहरीले शवसहित टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएको छ ।

अशोज १६ मा काठमाडौं, स्वयम्भुमा लामाको शव फेला परेको थियो । त्यसअघि उनले १८ किलो सुन केरुङ नाकाबाट नेपाल भित्र्याएका थिए । -नागरिक दैनिकबाट